२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट



अ+ अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित कोपिला भ्याली स्कूलले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हात पारेको छ। विश्वभरिका उत्कृष्ट विद्यालयहरूबीच प्रतिस्पर्धा हुने टिफो ग्लोबल स्कूल पुरस्कार अन्तर्गत उक्त विद्यालय वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा छनोट भएको छ।

टिफो एजुकेशनले सन् २०२२ मा सुरु गरेको यस कार्यक्रमले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालयहरूलाई पाँच फरक–फरक श्रेणीमा सम्मान प्रदान गर्दै आएको छ। वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली स्कूलले उत्कृष्ट स्थान बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पाएको हो।

विद्यालयको तर्फबाट अध्यक्ष टोपबहादुर मल्लले पत्रकार सम्मेलनमार्फत यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट पहिलो पटक कुनै विद्यालय अन्तिम सूचीमा पर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताए। उनले यो सफलता सम्पूर्ण नेपाली शिक्षा क्षेत्रकै लागि प्रेरणादायी रहेको उल्लेख गरे।

उनले भने, “विद्यालयमा हामीले सुरुदेखि नै शिक्षा र वातावरणलाई जोड्दै आएको अभ्यासले आज अन्तर्राष्ट्रिय मान्यता पाएको छ। यसले देशभरका अन्य विद्यालयलाई पनि वातावरणमैत्री शिक्षा प्रणाली अपनाउन हौसला दिनेछ।”

विद्यालयका प्रिन्सिपल राजन कार्कीका अनुसार हाल कोपिला भ्याली स्कूलमा ४५० भन्दा बढी विपन्न र सीमान्तकृत वर्गका बालबालिकाहरू अध्ययनरत छन्। विद्यालयले उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै वातावरणीय संरक्षण, पुनः प्रयोग, हरित प्रविधि, कृषि, प्लास्टिकको प्रयोग न्यूनीकरणलगायतका अभ्यासहरूमा पनि सकृय सहभागी बनाउँदै आएको छ।

पुरस्कारको अन्तिम चरणमा पुग्न विश्वभरका विद्यालयहरूबाट अनलाइन भोटिङमार्फत सहयोग गर्न सकिनेछ। यस वर्षको विजेता घोषणा सन् २०२५ अक्टोबरमा गरिने आयोजकले जनाएको छ।

पुरस्कार पाँच विधामा प्रदान गरिनेछ — समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैली। विजेता छनोट एक अन्तर्राष्ट्रिय निर्णायक मण्डलले गर्नेछ।

नेपाली विद्यालयले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय पहिचानले न केवल शिक्षा प्रणालीप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउनेछ, तर वातावरणीय शिक्षा तथा सामाजिक उत्तरदायित्वप्रति पनि चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।