१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : मोदी



अ+ अ-

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ । 

कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । 

कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उहाँले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । 

“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उहाँले एक कार्यक्रममा भन्नुभयो ।  

यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उहाँले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिनुभयो । 

यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उहाँको भनाई छ ।