१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिका हस्पिटलका डाक्टरमाथी हातपात



अ+ अ-

झापा । झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका डाक्टरमाथी हातपात भएको छ । बिहीबार राति ९ः३० बजे हुल बाँधेर हस्पिटल पुगेएका एक समुहले मेडिकल अफिसर सुधाकर झामाथि आक्रमण गरेका हुन् । 

हस्पिटलका अध्यक्ष हरिशचन्द्र बाँस्तोलाका अनुसार बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो। हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको दुई घण्टा पनि नबित्दै त्यहाँ पुगेको उक्त समूहले खाना खाएर कार्यकक्ष नजिक आराम गरिरहेका डाक्टरलाई कुटपिट गरेको बताए। समूहले पहिला बिरामी हेर्न दिनुपर्ने र उपचारमा लागेको रकम डिस्काउन्ट गर्नुपर्ने भन्दै काउन्टरमा रहेकी कर्मचारीसँग विवाद गरेको थियो।

आक्रमणबाट घाइते भएका डाक्टर धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कार्यरत रहेको बुझिएको छ।

आक्रमणकारी समूहको पहिचान भएको र उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए। अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले आक्रमणकारीको नाम गोप्य राखेको छ।