१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा मात्र ५४ बालबालिकामा कोरोना पुष्टि



अ+ अ-

दाङ  । दाङ जिल्लामा ५४ बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। करिब डेढ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा ११ बालिका र ४३ बालकमा कोरोना संक्रमण देखिएको हो।

जिल्ला आपत्कालीन कार्य सन्चालन केन्द्रका अनुसार कोरोना संक्रमित सबैभन्दा धेरै बालबालिका बंगलाचुली गाउँपालिकामा २५, घोराही उपमहानगरपालिकामा २०, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा ३(३, राप्ती गाउँपालिकामा २ र गढवा गाउँपालिकामा एक बालकमा कोरोना संक्रमण देखिएको केन्द्रका विनायक पौडेलले जानकारी दिएका छन्।

संक्रमित बालबालिकामध्ये हालसम्म १० जना डिस्चार्ज भएका छन् भने बाँकी ४३ बालबालिका कोरोना विशेष अस्पताल बेलझुन्डी, कोरोना विशेष आइसोलेसन सेन्टर नारायणपुर, देउखुरी कोरोना आइसोलेसन सेन्टर लालमटिया र बंगली गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा उपचाररत छन्।

कोरोना संक्रमित हुने एक वर्षसम्मका बालिका छन्। संक्रमित एकजनाबाहेक ५३ बालबालिका अभिभावकसहित भारतबाटै फर्किएका रहेका छन् ।

जिल्लामा हाल कोरोना संक्रमितसंख्या ३ सय ८० जना रहेका छन्। त्यसमध्ये ९३ जना उपचारपछि फर्किएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दंगीशरण गाउँपालिकामा अझै कोरोना भाइरसको संक्रमण देखिएको छैन।