१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्तस्राव हुनथालेपछि सुत्केरीको हवाई उद्धार



अ+ अ-

वलेवा । अत्यधिक रक्तस्राव  हुनथालेपछि  सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको  अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा  अस्पताल पठाइएको उहाँले बताउनुभयो  । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।