१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो



symbolic picture
अ+ अ-

विहार । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् । 

हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।

सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो । 

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ । 

बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गर्नुभएको छ ।