२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा स्थापनाको मूल उद्देश्य मुलुकको नीति परिवर्तनका लागि होः महामन्त्री बुर्लाकोटी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताउनुभएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको स्पष्ट पार्नुभयो ।

बन्द कोठाभित्र निजी मन्थन नगरौं भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उहाँको भनाई थियो । महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बद्र्धन गर्ने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो पार्टीको मुख्य उद्देश्य यो देशको नीति परिवर्तनका खातिर एउटा राष्ट्रिय नीति सम्मेलन गरौं भन्ने थियो । तर आज देशको राजनीतिमा जे भइरहेको छ, देशमा जुन हिसावको लुटतन्त्र भइरहेको छ । भिजिट भिषा काण्डमा पछिल्लो एउटा समयमा मात्रै चार अर्ब बढी रकम भ्रष्टाचार भएको छ । त्यसैले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा हामीले जुन किसिमको आवाज बुलन्द गरेका छौं, जुन हिसावको अडान लिएका छौं त्यो अडान त्यस्तो अवस्थामा बन्द कोठाभित्र निजी मन्थन नगरौं, साथीहरुलाई सडकमै ऐक्यवद्धता गरौं र अहिलेको लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म लैजाउ भनेर आज सबैलाई सडकमा आउन आह्वान गरेका छौं ।

एउटा रवि लामिछानेसँग तर्सिएर झुठा मुद्दा लगाई लगाई एउटा अदालत हैन पाँच पाँच वटा अदालत र त्यसपछि सरकार नै लागेर लुटतन्त्र नै गरि अब हामीलाई रवि लामिछानेले ठेगान लगाउने भए र यो देशको लुटतन्त्र र भ्रष्टाचार खारेज गर्ने भए भनेर जसरी उनीहरुलाई डर भएको छ त्यो डर मान्नुपर्दैन ढुक्क भए हुन्छ २०८४ पछाडि लुटतन्त्र खारेज गर्छौं र सुसंस्कृत राजनीतिलाई सम्बद्र्धन गर्छौं । एउटा अपवाद स्वरुप पार्टीको स्थापना दिवसमा स्वस्फूर्त रुपमा लुटतन्त्रको खारेजीको नारालाई सडकसम्म ल्याउने निर्णय गरेका छौं ।’

उहाँले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फ्रर्त रुपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।