२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता र शक्तिमा भएकाहरूको गोटी बनेर हिँड्दा दिन प्रतिदिन इज्जत क्षय हुन्छः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरी लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि संसद्  जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताउनु भयो । उहाँले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताउनु भयो । उहाँले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने बताउनु भयो । उहाँले सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ पिँढीलाई दुई वटा रोग छ । यहाँ केही हुन्न । लाखौँ लाख बेचेकै छौँ त हामीले  त । पैसा लिनी अनि भेडा बाख्रा जस्तो लेनदेन नभए पनि हामीले बेचेकै त हो । यस्तो शिक्षा प्रणालीले देश बन्छ ? माननीय अमरेशजीले भनेको कुरासँग मेरो पनि आपत्ति छ । यो सङ्घीयताको कारणले कतै देश अन्तै विलीन हुन्छ कि भनेर म पनि डराउँथे । आज उहाँको मुखबाट फ्याट्ट आइहाल्यो । मैले भनेको थियो, यो सङ्घीय प्रणाली नेपालको प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन । अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ । सत्ता र शक्तिमा भएकाहरूले के भन्छन्, त्यसैको गोटी बनेर हिँड्ने हो भने हाम्रो दिनप्रतिदिन इज्जत क्षय भएर जान्छ ।”   

उहाँले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताउनु भयो ।