२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं विश्वविद्यालयद्वारा नेशनल प्याबसनलाई प्रि–स्कुल पाठ्यक्रम हस्तान्तरण



अ+ अ-

काठमाडौँ । काठमाडौं विश्वविद्यालयले नेशनल प्याबसनलाई प्रि–स्कुल पाठ्यक्रम हस्तान्तरण गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईंटेलले पाठ्यक्रम नेशनल प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

देशभर सञ्चालन भइरहेका प्रि–स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सहकार्यमा तयार गरिएको प्रि–स्कुल पाठ्यक्रम नेशनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि–स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताउनु भयो । शिक्षा सिकाइमा आधारित हुनुपर्ने र डिजिटल शिक्षाको दिशामा पनि अग्रसर हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले पाठ्यक्रम लिपिवद्ध भएपछि पाठ्यपुस्तक र सिलेबस निर्माणको कार्य थालिने जानकारी दिनुभयो ।

काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले विश्वविद्यालयको मुख्य उद्देश्य ज्ञानमार्फत समाजमा योगदान पु¥याउनु रहेको उल्लेख गर्दै शिक्षा संस्थाहरूले केवल डिग्री वितरण गर्ने संस्थामा सीमित नहुने र सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभ्यो । उत्पादन गर्ने ज्ञान प्रयोगयोग्य, सान्दर्भिक र समाजका जटिल चुनौतीहरू समाधान गर्न सक्षम हुनुपर्ने उहाँको भनाइ छ । यसरी विकसित गरिएको पाठ्यक्रमले प्रारम्भिक बालशिक्षामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा उहाँको छ ।

उहाँले नेपालको शिक्षाले अब संकुचित पाठ्यपुस्तक र अंककेन्द्रित मूल्यांकन प्रणालीबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।