१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले



अ+ अ-

काठमाडौँ, ११ असार । नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिनुभयो ।