२३ असार २०८३, मंगलवार
,
Latest
मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली परीक्षार्थी पक्राउ



अ+ अ-

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर स्नातकोत्तर तहको जनप्रशासन विषयको परीक्षामा सहभागी भएका युवक पक्राउ परेका छन् ।

काठमाडौँको बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेष्टरमा अध्ययरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्लाको चन्दनाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया नक्कली परीक्षार्थी भएको पाइएपछि क्याम्पसले कारबाहीका लागि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिइएको टोलीले उनलाई आज पक्राउ गरी शिक्षासम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी नक्कली परीक्षार्थी बनेर मङ्गलको परीक्षामा सहभागी भएका थिए ।