२३ असार २०८३, मंगलवार
,
Latest
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावनाः गण्डकी, लुम्बिनी र कर्णाली बढी प्रभावित हुने



अ+ अ-

काठमाडौँ । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उहाँले बताउनु भयो । निर्देशक जोशीकाअनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर भएपनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । उहाँले मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०÷४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्षको हामीले मौसमी पूर्वानुमान आँकलन गर्दाखेरी चाँही सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ । सम्भवतः गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ ।

यति हुँदाहुँदै पनि विपद् हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा सरदर वर्षा हुने भनेको १४९८.४ मिलि मिटर हो भने पोहोर साल १६९१.३ मिलिमिटर पानी परेको छ । जुन भनेको ११३ प्रतिशत हो । यो वर्ष त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना छ । तर मिडियामा ३०÷४० वर्षभन्दा बढी पानी पर्ने भयो भनेर मिडियामा आएको छ । त्यस्तो चाँही होइन । पहिले चाँही दिनभर मसिनो पानी पर्ने हुन्थ्यो भने अहिले जलवायु परिवर्तनको असरका कारण २÷३ घण्टामै धेरै ठुलो पानी पर्ने २÷४दिन पानी परेर मनसुन ब्रेक भएको जस्तो हुने अवस्था छ ।’

जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै उनले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।