२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण



अ+ अ-

रामपुर, (पाल्पा) । रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

समुदायप्रतिको दायित्व बहन गर्दै सहकारीले यहाँ अध्ययनरत बालबालिकाको शैक्षिक उन्नयनका लागि रु ५० हजार बराबरको अक्षयकोष स्थापना गरेको हो । रामपुर साकोस यो क्षेत्रमै वित्तीय संस्थामार्फत शैक्षिक क्षेत्रमा अक्षयकोष स्थापना गर्ने पहिलो संस्था हो । सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ अर्याललाई चेक हस्तान्तरण गर्नुभयो । समुदायप्रतीको दायित्व बहन गर्ने क्रममा विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

चन्द्रज्योति बचत तथा ऋण सहकारी र रामपुर बचत तथा ऋण सहकारी संस्था एकीकरण गरी झोलाबाट सुरु भएको सहकारीले अहिले सुविधा सम्पन्न भौतिक संरचनाबाट सेवा दिइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले विद्यालयमा स्थापित अक्षयकोषको विभिन्न विधामा सदुपयोग गरिने बताउनुभयो ।

सहकारीका व्यवस्थापक गोविन्द पाठकले कार्यक्षेत्र भित्रको सामुदायिक विद्यालयको अवस्था हेरेर यसवर्षदेखि हरेक वर्ष एक विद्यालयमा एक अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । सहकारीमा हाल चार हजार चार सय ८९ सेयर सदस्य आबद्ध छन् । उक्त सहकारीले सामाजिक सामुदायिक विकास कोषबाट समाजको हितमा काम गर्दै आएको छ । हालसम्म यस विद्यालयमा रु २१ लाख १० हजार बराबरको अक्षयकोष स्थापना भएको छ । रासस




भर्खरै