२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते



फाइल फोटो
अ+ अ-

एजेन्सी । युक्रेनको ओडेसा क्षेत्रमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश छन् ।

ओडेसाका गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिँदै “आवासीय भवनमा भएको यस आक्रमणबाट उद्धारकर्ताहरूले दुई जना नागरिकको शव निकाल्न सफल भएका छन्,” बताउनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये तीनजना बालबालिका रहेका छन्, जसको अवस्था सार्वजनिक गरिएको छैन ।

यसैबीच, युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा पनि पछिल्लो २४ घण्टामा रूसी आक्रमणका कारण एक व्यक्तिको ज्यान गएको र तीन जना घाइते भएको पुष्टि भएको छ । खेरसोनका गभर्नर ओलेक्जान्द्र प्रोकुडिनले रूसी सेनाले सामाजिक तथा महत्वपूर्ण पूर्वाधार र बस्ती क्षेत्रहरूलाई निशाना बनाएको जानकारी दिनुभयो ।

सन् २०२२ देखि जारी द्वन्द्वले युक्रेनमा ठूलो मानवीय क्षति पु¥याउँदै आएको छ । लाखौं मानिस विस्थापित भएका छन् भने हजारौंको ज्यान गइसकेको छ ।

शान्ति स्थापनाको लागि अमेरिकाको पहलमा सुरु गरिएका वार्ता प्रक्राहरू हाल स्थगित छन् । रुसले युक्रेनलाई भूभाग सुम्पिनुपर्ने र पश्चिमी सैन्य सहायता त्याग्नुपर्ने शर्त राखेको छ, जुन युक्रेनी पक्षका लागि स्वीकार्य छैन ।