२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसिद्धको शतक र बिपिनको ६ विकेटमा नेपालले इन्डोनेसियालाई हरायो



अ+ अ-

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले इन्डोनेसियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आईतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको हो ।

नेपालले जितको लागि दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो । इन्डोनेसियाका कविन नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कप्तान बिपिनले ७.३ ओभरमा १२ रन मात्र दिएर उत्कृष्ट ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको थियो । नेपालको यो ५० ओभरको खेलमा बनेको सर्वाधिक योगफल हो । अहिलेसम्म कुनैपनि उमेर समूहदेखि सिनियर टोली सम्मले यति योगफल बनाउन सकेका छैनन् ।

नेपालको जितमा प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाउदा ओपनर परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको विस्फोटक पारी खेले । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १/१ विकेट लिए ।

समूह ए मा रहेको नेपालले हालसम्म खेलेका तीनै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा छ । यस्तै, सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ भनेजापान र इन्डोनेसियाको २-२ अंक र भुटान अंकविहीन छ । नेपालले अब भुटानसँग खेल्नेछ ।