२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरी सम्बन्धी कानून यसै अधिवेशनमा प्रश्तुत गर्नुपर्छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो टुंग्याउने गरी समितिले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आईतवारको समितिको बैठकमा  नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल भएको थियो । जसमा यो देशको सबैभन्दा पुरानो मध्येको कानून भएको बताउनु भयो । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी विधेयक अघि बढाउन आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो । अहिलेसम्म यसलाई समय सापेक्ष संशोधन, परिमार्जन गरेर आसक्नुपर्दथ्यो । आउन पाएको थिएन । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी हिजो जसरी नागरिकता विधेयकलाई उच्च प्राथमिकता दिएर प्रतिनिधि सभाबाट पारित नै गर्ने अवस्था यो समितिबाट भयो । यो कानूनलाई पनि त्यति नै प्राथमिकताका साथ अघि बढाइदिनुहुनेछ भन्ने आग्रह गर्दछु ।’

गृहमन्त्री लेखकले प्रहरीका जवानहरुलाई तल्लो स्तरका नभनिकन आधारभुत तहका भन्नुपर्ने प्रश्ताव विधेयकमा गरिएको बताउनु भयो । सरकार कानून राम्रो बनाएर निष्कर्षमा पु¥याउन तत्पर रहेको बताउनु भयो ।