२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काइवाक तेस्रो वर्षमा प्रवेश



अ+ अ-

काठमाडौँ । काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक भ्यू टावर तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यका रुपमा चिनिदै आएको छ ।

वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप नि:शुल्क उपहार दिइने स्काइवाक काठमाडौंका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो । कम्पनीले साढे १३ रोपनी जग्गामा ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ । स्काई वाक टावरमा दैनिक १० हजारभन्दा बढी व्यक्ति आउजाउ गर्न सक्ने छन् ।

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका रहेका छन् । टावरको सबैभन्दा माथि स्काई वाक रहेको छ । जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

टावरमा दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने छ ।

साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।

“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौंको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौं सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो,” प्रबन्ध निर्देशक पाण्डेले भन्नुभयो ।

कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।

‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ । साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्न व्यापारिक केन्द्रहरु रहेका छन् ।