२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता सिटी अल हिलालसँग स्तब्ध हुँदै नकआउटबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको नकआउट चरणबाटै बाहिरिएको छ ।

मंगलबार बिहान भएको खेलमा साउदी अरेबियन क्लब अल–हिलालसँग ४–३ गोल अन्तरले पराजित हुँदै साविक विजेता समेत रहेको सिटीको यात्रा अन्तिम–१६ मै सकिएको हो ।

जितसँगै अल हिलालले भने अन्तिम आठमा स्थान बनायो ।

खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा अल हिलालले २ गोल गर्दा सिटीले एक गोल मात्र फर्काउन सक्यो ।

पहिलो हाफको सातौँ मिनेटमा कप्तान बर्नान्डो सिल्भाको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएको ४४ सेकेण्डमा नै मार्कोस लियोनार्डोले गोल गर्दै अल–हिलाललाई बराबरीमा ल्याए ।

५२ औँ मिनेटमा माल्कमको गोलमा साउदी टोलीले २–१ ले अग्रता बनायो । त्यसको तिन मिनेटपछि नै सिटीका एर्लिङ हालान्डले कर्नरबाट गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९४ औँ मिनेटमा चेल्सीका पुर्व डिफेन्डर कालिडो कोउलिबालीले गोल गर्दै अल हिलाललाई खेलमा पुनः अग्रता दिलाए ।

खेलको १ सय ४ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–३ को अवस्थामा ल्याए । तर १ सय १२ औँ मिनेटमा मार्कोसले व्यक्तिगत दोस्रो गोल गर्दै अल हिलाललाई ४–३ को जितसहित क्वाटरफाइनल टिकट कटाए ।

अल–हिलालले अब क्वाटरफाइनलमा शुक्रबार ब्राजिलियन टोली फ्लुमिनेन्सविरुद्ध खेल्नेछ । फ्लुमिनेन्सले आजै बिहान भएको खेलमा इन्टर मिलानलाई २–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।