२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भुटानलाई २९८ रनले हरायो



अ+ अ-

काठमाडौँ । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ ।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपाल २९८ रनले विजयी भएको हो ।

भुटानले नवौं विकेट गुमाएपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकियो ।

भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए भने उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र खर्चेर ४ विकेट लिए ।

यस्तै, सचिन भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन दिएर २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल बनाएको थियो । प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको पारी खेले । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

यस्तै, जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन जोडे । सुगम बुढाथोकीले ३५ रन बनाए ।

भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालले ४ खेलमा ८ अंक जोडेको छ भने सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक बटुलेको छ । दुवै टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपालले अब सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।