१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराईज बैंकद्वारा खाद्य सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौँ । सनराईज बैंकले कोरोनाबाट प्रभावित विद्याआश्रमलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ । कोरोनाबाट विश्व नै प्रभावित बनेका बेला बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको हो । आज बुढानिलकण्ठ नगरपालिकामा रहेको आश्रममा गएर बैंकले चामल, दाल, तेल र पिठो सहयोग गरेको हो । यस्तै बैंकले नगद सहयोग पनि गरेको छ । नगद सहयोगस्वरुप २ लाख २५ हजार रुपैयाँको चेक बैंकले आश्रमलाई हस्तान्तरण गरेको हो ।