२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आ.व.मा सरकारले २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने, प्रधानन्यायाधीश र सभामुख निवास बनाउने



अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (आ.व. २०८२/०८३) २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।

त्यस्तै एक सय वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने  र ३० वटा सडक पुल मर्मत गर्ने जनाएको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले २ सय ४९ वटा सिंचाई आयोजना सम्पन्न भइ ३ हजार ७ सय हेक्टर जमिन सिञ्चित हुने बताउनु भयो । एक सय किलोमिटर सडक निर्माण हुने र ३ सय किलोमिटर सडक कालोपत्रे हुने बताउनु भयो । उहाँकाअनुसार सरकारले ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्नेछ ।

त्यस्तै सरकारले उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने, उपत्यकाका ४ स्थान जितपुर फेदी, डुकुछाप, इशान नयाँ शहर, ताथवी चलावुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भइ जग्गा विकास कार्य शुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिएको छ । उपत्यकाको व्यवस्थित शहरीकरणका लागि हरियाली प्रवद्र्धन, सचेतना, आकाशे पानी संकलन, वन तथा पोखरी संरक्षण गर्ने पनि सरकारको योजना रहेको छ ।

सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियमको दोस्रो चरणको निर्माण कार्य शुरु गर्ने, सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना कार्यान्वयन अन्तर्गत शहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भवन निर्माण शुरु गर्ने सरकारको योजना छ । अतिविशिष्ट पदाधिकारीहरुको आवास निर्माण कार्य अन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण कार्य शुरु गर्ने जानकारी दिनुभयो । त्यस्तै मन्त्रालयले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्लथ तथा मनोरञ्जन पार्क निर्माण र्का अघ बढाउने बताएको छ ।

सरकारले वागमती, विष्णुमती, मनोहरा र नख्खु खोलामा २०८१ सालको बाढीबाट क्षतिग्रस्त संरचना पुनः निर्माण कार्य अघि बढाउने, ऐतिहासिक मठमन्दिर र पाटी पौवाको पुनः निर्माण तथा जिर्णोद्धार, मर्मतसुधार गर्ने एवं उपत्यकाका नदी, खोलाको सफाई कार्य अघि बढाउने लक्ष्य राखेको छ । शहरी विकास मन्त्रालयअन्तर्गत फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक, शहरी विकास विधेयक, नगर विकास कोष सम्बन्धी विधेयक, वागमती सभ्यता सम्बन्धी विधेयक, बस्ती विकास सम्बन्धी विधेयकको नियमावली तयारीको क्रममा रहेको बताएको छ ।




भर्खरै