२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको लगातार ह्याट्रिक



अ+ अ-

काठमाडौँ । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले हराएको हो । नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै, गीता रानाले दुई, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे ।

यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । उक्त खेलमा पनि कप्तान साम्बाले एक्लै चार गोल गरेकी थिइन् । यता श्रीलङ्काले भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो गोलको हार ब्यहोरेको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।