२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैनः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताउनु भयो । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताउनु भयो । नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको बताउनु भयो । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभइ दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ । संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । म त्यो पार्टीको आन्तरिक कुरामा धेरै प्रवेश गर्न चाहन्न । तर म के भन्छु भने यो कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकैले प्रवृत्ति बोकेका छन्, भने यो प्रवृत्ति परास्त गर्नैपर्छ ।’

अध्यक्ष नेपालले कम्युनिष्टहरुको भविष्य अझै रहेको बताउनु भयो ।