२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कपमा पुग्न आज नेपालले उज्वेकिस्तानलाई हराउनैपर्ने



अ+ अ-

काठमाडौं । एएफसी महिला एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

उज्वेकिस्तानको तास्केन्तमा आज राति सवा ९ बजे नेपाल र उज्वेकिस्तान आमने–सामने हुँदैछन् । यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ । खेल जिते नेपाल एएफसी महिला कपमा पुग्नेछ ।

जारी प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

साबित्रा भण्डारी साम्बाको कप्तानीमा भएको नेपाली टोलीले अघिल्लो दुई खेलमा लाओसलाई ९ र श्रीलंकाविरूद्ध ८ गोल गर्‍यो।

समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकालेको छ । उसले पहिलो खेलमा श्रीलंकालाई १०–० गोलले हराउँदा बुधबार लाओसलाई ७–० गोलले हरायो ।

यस्तोमा समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६–६ अंक जोडेका छन् । दुवैले १७–१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन् ।

समूहबाट एक टोलीमात्र एसियन कपमा पुग्ने भएकाले आगामी शनिबार नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच हुने खेल निर्णायक हुनेछ । सो खेल राति सवा नौ बजे हुनेछ।

दुवै टोलीको जित र गोलअन्तरको स्थिति समान छ । त्यसैले शनिबारको खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ । किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन् ।

फिफा वरीयताको आधारमा हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो । उज्वेकिस्तानको महिला टोली फिफा वरीयतामा ५१ औं स्थानमा छ । नेपाल भने १००औं स्थानमा छ ।

हेड टु हेडमा पनि उज्वेकिस्तान अघि छ । उसले नेपालसँग खेलेका तीनै खेलमा जित निकालेको थियो। नेपालविरूद्ध उज्वेकिस्तानले ११ गोल गरेको छ । नेपालले भने ३ गोल मात्र गर्न सकेको छ ।

यसपटक घरेलु मैदानको फाइदा हुने उज्वेकिस्तान एसियन कप खेलिसकेको टोली हो । उसले ५ पटक एसियन कप खेलिसकेको छ। सन् २००३ पछि भने उसले एसियन कप खेल्न सकेको छैन। त्यसो त उज्वेकिस्तान २०२९ महिला एसियन कपको आयोजक समेत हो ।