२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१६ इस्ट जोन कपः उपाधि जित्न नेपाललाई ११४ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले ११४ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएसँगै नेपालले सो लक्ष्य पाएको हो ।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाउदा रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन शर्माले १ विकेट लिए ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।