२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल ३-१ ले पछाडि



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफ सकिँदा नेपाल ३-१ गोलले पछि परेको छ । खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले अग्रता लियो ।

डियोराखोन खाबिबुल्लाएभाले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएकी हुन् ।

१२ औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर पार्यो ।
कप्तान लुद्मिला काराचिकले प्रहार गरेको बल नेपालका खेलाडी समिक्षा घिमिरेलाई लागेर गोलमा परिणत भयो ।

२४ औं मिनेटमा नेपालका कप्तान साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-२ को अवस्थामा ल्याइन् । उनले डि(बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

३९ औं मिनेटमा उज्वेकिस्तानले ३-१ को अग्रता बनायो । माफ्तुना शोयिमोभाले पेनाल्टीमा गोल गरेकी हुन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा समेटियो । नोजिमाखोन एर्गाशेभा रातो कार्ड खाँदै बाहिरिन् । कप्तान साबित्रालाई खराब ट्याकल गरेकी उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाए । 

यो खेलको विजेताले एसियन कपमा स्थान बनाउने छ ।