२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई हराउँदै उज्वेकिस्तान एसियन कपमा छनोट



photo: nsjf
अ+ अ-

काठमाडौं । उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ ।

नेपाललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उज्वेकिस्तान समूह विजेता बनेर २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाएको हो ।

पहिलो हाफमा ३-१ गोलले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किएको थियो । खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले अग्रता लियो ।

डियोराखोन खाबिबुल्लाएभाले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएकी हुन् ।

१२ औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर पार्यो ।
कप्तान लुद्मिला काराचिकले प्रहार गरेको बल नेपालका खेलाडी समिक्षा घिमिरेलाई लागेर गोलमा परिणत भयो ।

२४ औं मिनेटमा नेपालका कप्तान साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-२ को अवस्थामा ल्याइन् । उनले डि-बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

३९ औं मिनेटमा उज्वेकिस्तानले ३-१ को अग्रता बनायो । माफ्तुना शोयिमोभाले पेनाल्टीमा गोल गरेकी हुन् ।

यता दोस्रो हाफमा ७१ औं र ७३ औं मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् ।

निर्धारित ९० मिनेटको समय र ७ मिनेटको इन्जुरी समयसम्म पनि बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गयो । जसमा नेपाल २-४ ले पराजित हुन पुग्यो ।

कप्तान भण्डारी पेनाल्टीमा भने चुकिन् । उनले दायाँ पोलमा प्रहार गरिन् ।