२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ युथ लिगमा संकटा र मच्छिन्द्रको फराकिलो जित



अ+ अ-

काठमाडौँ । संकटा र मच्छिन्द्र क्लवले एन्फा यु–१६ युथ लिगमा फराकिलो जितबाट शुरूवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लवमाथि ५–० को फराकिलो जित निकालेको छ । संकटाको जितमा पेम्बा तमाङले दुई गोल तथा प्रजलकुमार लुम्रे, सुमित बलम्पाकी र करण भुलले समान एक गोल गरे । दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफमाथि ४–१ को सहज जित निकालेको हो । मच्छिन्द्रका लागि सुमन बम ठकुरी र विकास थापाले समान दुई गोल गरे । एपिएफका लागि पूजन ढकालले सान्त्वना गोल फर्काएका थिए ।

संकटाले पहिलो हाफमा नै तीन गोल गर्दै जावलाखेलमाथि पूर्ण हाबी भयो । खेलको १५औं मिनेटमा करणले गोल गर्दै अग्रता दिलाए । २४औं मिनेटमा सुमितले संकटाका लागि दोस्रो गोल गरे  । ३२ औं मिनेटमा प्रजलकुमारले गोल गरेपछि संकटा पहिलो हाफमा ३–० ले अगाडि रह्यो । पेम्बाले ६०औं र ६६औं मिनेटमा व्यक्तिगत दुई गोल गरेपछि संकटाले फराकिलो जितसककंगै युथ लिगको शुरुवात ग¥यो ।

दोस्रो खेलमा मच्छिन्द्र एपिएफमाथि पूर्ण हाबी हुँदा दुई खेलाडी विकास र सुमन चम्किए । खेलको चौथो मिनेटमा नै विकासले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि सुमनले २८औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई ३–० ले अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट समान एक गोल भयो । ५४औं मिनेटमा पूजन ढकालले गोल गर्दै अग्रता छोट्याउने प्रयास गरे । तर, इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो गोल थप्दै मच्छिन्द्रलाई ४–१ को सहज जित दिलाए ।

यसअघि प्लानिङ ब्वाइज, आर्मी र मनाङ  मस्र्याङ्दीले यु–१६ युथ लिगको तेस्रोमा जित निकालिसकेका छन् । युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गरिरहेका छन् । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीका साथै सशस्त्र प्रहरी बल एपिएफ, त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेण्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिग खेल्दैछन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।