२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र नेतन्याहूबीच सोमबार भेटवार्ता हुँदै, इजरायल–हमास सम्झौता ‘यसै हप्ता’ हुने आशा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।
अ+ अ-

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नुहुनेभएको छ ।

राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गर्नुभएको छ ।

इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नु रहनेछ ।

आइतबार ट्रम्पलेसम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताउनुभएको थियो ।

“हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,” उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताउनुभएको थियो ।

झण्डै दुई वर्षको युद्धपछि मानवीय सङ्कटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहनुभएको छ ।

नेतन्याहूले भन्नुभयो, “हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।”

यसअघि उहाँले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताउनुभएको थियो ।

महत्वपूर्ण अभियान

वार्तामा संलग्न दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार उक्त प्रस्तावमा ६० दिनको युद्धविराम, हमासले इजरायलद्वारा हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा १० जीवित बन्धकहरू र मतक बन्धकका शवहरू रिहा गर्ने लगायतका बिषय छन् ।

समूहले गाजाबाट इजरायलको फिर्तासहित केही शर्तहरू राखेको छ । वार्ताको क्रममा लडाईं पुनः सुरु नगर्न ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता वितरण प्रणालीलाई पुनः सुरु गनमाग पनि गरिरहेको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबार नेतन्याहूसँगको भेटपछि भन्नुभयो, “नेतन्याहूको वासिङ्टनमा एउटा ‘महत्वपूर्ण अभियान’ छ, जसले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउने सम्झौतालाई अगाडि बढाइरहेको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग सोमबार साँझ ६ः३० बजेसम्म भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

सन् २०२३ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।