२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको नाममा अपराध लुकाउन मिल्दैन : गगन थापा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नाममा अपराध ढाकछोप हुन नहुने बताएका छन्।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले कानुनी शासनको सिद्धान्तमा कांग्रेस सधैँ प्रतिबद्ध रहेको भन्दै दोषी जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।

‘हामी कानुनको शासनमा विश्वास गर्छौं,’ थापाले भने, ‘कोही कांग्रेस भए पनि यदि कानुनले दोषी ठहर गरेको छ भने उसले पार्टीको नाममा ढाल खोज्न सक्दैन।’

थापाको भनाइ पूर्व उपसभापति गोपालमान श्रेष्ठको टिप्पणीको प्रतिक्रियामा आएको हो। श्रेष्ठले अन्य दलहरूले आफ्ना नेताहरूलाई भ्रष्टाचारको मुद्दामा जोगाएको तर कांग्रेसले आफ्ना नेतालाई जोगाउन नसकेको बताएका थिए।

त्यसक्रममा थापाले भने, ‘कानुनको शासनमा हामीले भन्नुपर्छ—दोषी छुट्नुहुँदैन, निर्दोष फस्नु हुँदैन। कांग्रेस भए पनि अपराध छ भने कारबाही हुनुपर्छ।’

त्यस्तै, भ्रष्टाचार आरोपमा धरौटीमा रिहा भएका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि अख्तियारले मुद्दा दायर गर्न गगन थापाकै भूमिका रहेको आरोप लगाएका थिए।

थापाले पार्टीभन्दा माथि न्याय र विधिको शासनलाई राख्नुपर्ने आवश्यकता औंल्याउँदै न्यायमा कुनै दलगत रङ लाग्न नहुने तर्क गरेका थिए।