३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेट्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ ।

देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि बालुवाटार जानुभएको हो ।

एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

हिजो भएको केन्द्रिय समितिको बैठक समापनमा सभापति देउवाले एमालेसँगको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको थियो ।

गठबन्धन बारे बाहिर आए जस्तो केहि पनि नभएको उहाँको भनाई थियो ।