२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकक्षमै वन अधिकृत कुटिएपछि कर्मचारी संघ–संगठनको कडा आपत्ति



अ+ अ-

जाजरकोट। जाजरकोट जिल्ला वन कार्यालयका अधिकृत अमरप्रसाद साहमाथि कार्यालय समयमा कार्यकक्षमै भएको कुटपिट घटनाप्रति कर्मचारी संघ–संगठनले तीव्र आपत्ति जनाएका छन्।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन कर्णाली प्रदेश कार्यसमितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न समूहलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “अज्ञात समूह कार्यकक्षमा प्रवेश गरी कार्यालय समयमा वन अधिकृत साहमाथि सांघातिक हमला गर्नु अत्यन्त दुर्भाग्यपूर्ण, दुःखद र निन्दनीय कार्य हो।”

कर्णाली प्रदेश निजामती कर्मचारी संगठनका अध्यक्ष राजेश आचार्यले कुनै पनि असन्तुष्टि वा विवाद समाधानका लागि संवाद र कानुनी बाटो अवलम्बन गरिनुपर्ने भन्दै कार्यस्थलमै आक्रमण गर्नु अमानवीय र डर सिर्जना गर्ने गलत प्रवृत्ति भएको बताए।

उनका अनुसार राष्ट्रसेवक कर्मचारीमाथिको यस्तो हमला न केवल सेवा प्रवाहमा अवरोध पुर्‍याउने हो, तर कर्मचारीहरूको मनोबलमा गहिरो असर पार्ने खालको हो। उनले यस्ता घटनामा संलग्न दोषीलाई कडा सजाय दिनुका साथै कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यो घटना असार २२ गते दिउँसो भएको हो। कार्यालयमा काम गरिरहेका साहमाथि चारजनाको समूहले प्रवेश गरी हातपात गरेका थिए। घटनापछि उनीहरू फरार भएका छन् भने प्रहरीद्वारा खोजी जारी छ। कुटपिटको वास्तविक कारण भने अझै खुल्न बाँकी छ।