२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेणु दाहालद्वारा ओली सचिवालयलाई चुनौती, अफवाह फैलाएको प्रमाण दिन आग्रह



अ+ अ-

काठमाडौं। चितवन महानगरपालिकाका मेयर रेणु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई आफूविरुद्ध अफवाह फैलाएको पुष्टि गर्न सार्वजनिक रूपमा चुनौती दिएकी छन्।

सञ्चारमाध्यममा प्रकाशित एक समाचारलाई आधार मान्दै दाहालले उक्त समाचारप्रति खण्डन गर्दै फेसबुकमार्फत ओली सचिवालयलाई प्रत्यक्ष प्रश्न गरेकी हुन्। उनले समाचारमा उल्लेखित दाबीहरू असत्य भएको स्पष्ट गर्दै त्यसको प्रमाण पेस गर्न चुनौती दिएकी हुन्।

हालसम्म ओली सचिवालयले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। तर, दाहालको चुनौतीले राजनीतिक तहमा चर्चा तातिएको छ।

दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन्, “मेरो तर्फबाट कुनै अफवाह फैलाइएको दाबी गरिएको छ भने त्यसको प्रमाण सार्वजनिक गरियोस्।”

यो विषयले सत्तारुढ र विपक्षी नेताहरूबीचको सामाजिक सञ्जाल र सञ्चार माध्यममा चलिरहेको आरोप–प्रत्यारोपलाई अझ चर्काएको छ।