२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते



अ+ अ-

हुम्ला। कर्णाली करिडोरअन्तर्गत भिगौडाको उकालो सडकमा सोमबार एक एम्बुलेन्स दुर्घटना भएको छ। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको उक्त एम्बुलेन्समा सवार चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। चालक ३६ वर्षीय जंग शाहीलाई सुरुवाती उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको भए पनि अवस्था गम्भीर भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब निरीक्षक (सई) शंकर पोखरेलले अनियन्त्रित भएर सवारी सडकबाट तल खसेको पुष्टि गरेका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी भए पनि अत्यन्तै जोखिमयुक्त तथा उकालो सडक भएकाले नियन्त्रण गुमेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।