२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुन: पक्राउ



अ+ अ-

काठमार्डौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । गत वर्ष सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका पूर्वराष्ट्रपति योललाई पुन: पक्राउ गरिएको हो ।

गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो ।

सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले युनलाई प्रमाण नष्ट गर्न सक्ने आशङ्का व्यक्त गर्दै बुधबार पक्राउ पुर्जी जारी गरेका हुन् । युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइनेछ ।

बुधबारको सात घण्टा लामो सुनुवाइका क्रममा विशेष सल्लाहकार टोलीले पाँच प्रमुख आरोपहरूमा पक्राउ पुर्जीका लागि बहस गरेको थियो । जसमा सैन्य कानुन घोषणा गर्नुअघि मन्त्रिपरिषद्का केही सदस्यहरूलाई बैठकमा आमन्त्रित नगरेर उनीहरूको अधिकार उल्लङ्घन गरेको आरोप पनि समावेश छ ।

युनलाई पहिलो पटक गत जनवरीमा पक्राउ गरिएको थियो । तर अदालतले प्राविधिक कारण देखाउँदै दुई महिनापछि पक्राउलाई उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । तर अझै पनि उहाँले मुद्दाको सामना गरिरहेका छन् ।

दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ ।