२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलको अध्यागमनमा संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

अध्यागमन कार्यालयले बिहीबार सूचना सार्वजनिक गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको जनाएको हो ।

कार्यालयले यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ जनाएको छ ।

अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन । यस्ता वस्तुले सुरक्षा जोखिम बढाउन र प्रक्रियामा ढिलाइ गर्न सक्ने कार्यालयको भनाइ छ ।

त्यस्तै, कुनै समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अन्य पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो ।