२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत



अ+ अ-

काठमाडौं। बंगलादेशमा जारी साफ महिला यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भव्य जितसँगै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको छ।

शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै तीन अंक हात पारेको हो।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दै चम्किएकी हुन्। उनले खेलको १८औं, ५३औं, ८३औं र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिक मात्र होइन, ‘क्वाड्रुपल’ नै पूरा गरिन्। त्यस्तै, सोनु परियारले थप दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।

भुटानका लागि केल्देन वाङ्मोले एक मात्र सान्त्वना गोल गरेकी थिइन्। चार देश सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन फारम्याटमा हुँदैछ। नेपालले आफ्नो दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्ने कार्यक्रम छ।