२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज



अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिका(३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताउनुभयो । यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उहाँको भनाइ छ ।

“यसअघि आयोजना सञ्चालन नहुँदा यहाँ पानीको समस्या थियो”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएसँगै ५० परिवारलाई सहजता भएको छ । च्याङ्ग्रे बजारमा खानेपानी अभाव भएमा एक मात्र विकल्पका रूपमा यो आयोजनाको पानी उपभोग गर्न सकिन्छ ।”

घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । करिब रु १८ लाखमा आयोजना सम्पन्न भएको जनाउँदै उहाँले सानो आयोजना भए पनि यसले नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयलाई सहजता भएको पौवादुङमा(३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताउनुभयो । विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्याङ्की निर्माणमार्फ धारा जडान भएपछि सहज भएको उहाँको भनाइ छ । रासस