२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’



अ+ अ-

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

चालु आवमा ‘मेयर छात्रवृत्ति कार्यक्रम’मार्फत नगरभित्रका ५३ शैक्षिक संस्थाका ती विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । यहाँका दर्छा क्याम्पस र सहिद बहुमुखी क्याम्पससहित ५१ सामुदायिक विद्यालयका साधारण तथा प्राविधिक÷विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति सहयोग गरेको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।

साधारणतर्फ ५३ शैक्षिक संस्थाका ३१३ विद्यार्थीलाई रु १० लाख ३१ हजार ८०० र उच्च प्राविधिक÷विज्ञान सङ्कायका २३ विद्यार्थीलाई रु एक लाख ६७ हजार ६०० बराबर छात्रवृत्ति रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख रमणबहादुर थापाले विद्यार्थीको पठनपाठनमा सहजताताका लागि आवश्यक सहयोग गर्न ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले कार्यक्रम सञ्चालनमा आएपछि असहाय, न्यून आय भएका र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगेकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस