२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान



अ+ अ-

सुर्खेत। कर्णाली नदीमा जलविद्युत् विकासको अर्को सम्भावना अघि बढेको छ। लामो समयदेखि रोकिएको बेतन कर्णाली जलविद्युत् आयोजनाले अन्ततः सरकारी अनुमति पाएको छ। अब कर्मचारी सञ्चयकोषको लगानीमा बन्ने ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजना निर्माणको प्रक्रियामा प्रवेश गरेको हो।

यसअघि माथिल्लो कर्णाली जलविद्युत् आयोजना सञ्चालित भारतीय कम्पनी जिएमआर ले बाँध प्रभावित हुने भन्दै बेतन आयोजनाको निर्माणमा आपत्ति जनाउँदै आएको थियो। तर, उक्त विवाद अन्ततः समाधानमा पुगेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत विकास विभागले विद्युत ऐन, २०४९ तथा नियमावलीअनुसार आयोजनालाई निर्माण अनुमति दिएको हो। विभागले शुक्रबार आयोजित बैठकमा बेतन कर्णालीलाई उत्पादन अनुमति दिएको पुष्टि गरेको छ।

बेतन कर्णाली आयोजनाको बाँध अछाम र सुर्खेतको सीमाक्षेत्रमा निर्माण हुनेछ। आयोजनासम्बन्धी अन्य संरचनाहरू — विद्युतगृह, बेस क्याम्प तथा सुरुङ मार्ग भने ढकारी गाउँपालिका–६ (सुर्खेत) मा पर्नेछन्।

बेतन कर्णाली जलविद्युत् आयोजनाले २०८१ साल भदौमा विद्युत उत्पादन अनुमति माग्दै विद्युत विकास विभागमा आवेदन दिएको थियो। तर, माथिल्लो कर्णाली आयोजनाको सम्भावित असर र समन्वय अभावका कारण यसको प्रक्रिया लम्बिँदै आएको थियो।

अब भने अनुमति प्राप्त भएपछि आयोजना निर्माण अगाडि बढ्ने निश्चित भएको छ, जसले कर्णाली प्रदेशको ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।