२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिनेः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताउनुभयो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गर्नुभयो ।

एमालेको आगामी विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बताउनुभयो ।

विसं २०७८ मङ्सिर १० गते चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले पहिलो विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकामा त्यसलाई सच्याइएको भन्दै त्यसै विधानको प्रावधानलाई टेकेर पुष्प कँडेललाई तेस्रो पटक लेखा आयोगको अध्यक्ष चयन गरिएको बताउनुभयो ।

नेपाली कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर कानुनी र संरचनागत सुधार भएको उहाँले बताउनुभयो । “छ–छवटा अध्यादेश जारी गर्ने कुरा, संसद्मा जटिल कानुन निर्माण गर्ने कुरा दुई ठूला पार्टी मिल्दाको परिमाण हो”, उहाँले भन्नुभयो, “यस्तो बेला पनि हामीमाथि प्रहार भइरहेको छ । त्यो प्रहार सुनियोजित र प्रयोजित छ ।”

हरेक आर्थिक सूचक सुधारोन्मुख रहेको महासचिव पोखरेलले बताउनुभयो । भेलामा एमालेका २३ वटै विभागका इन्चार्ज र प्रमुखको सहभागिता रहेको थियो । रासस