२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने



अ+ अ-

काठमाडौँ। सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।

आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

संस्थाका प्रवक्ता किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन साउन २४ देखि ३१ गतेसम्म महोत्सव आयोजना गरिने बताउनुभयो ।

उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको नेपालको पहिचान रक्षार्थ सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव आयोजना गर्न थालेको हो । यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा अन्य लोकप्रिय कलाकारहरू विशेष प्रस्तुति रहने जनाइएको छ ।

महोत्सवमा सहभागिताका लागि रु एक हजार तथा ५०० का टिकटको व्यवस्था गरिएको छ । टिकट संस्थानको कार्यालय र संस्थानको ‘वेबसाइट’मार्फत उपलब्ध जनाइएको छ । रासस