२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा आतंकवादी आक्रमणमा ६९ को मृत्यु



अ+ अ-

कानो । नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधन सहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए । एक वरिष्ठ सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी दिए ।

इस्लामिक स्टेट्स समूहसँग आबद्ध लडाकूहरुले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन् । उत्तरपूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सन् २०१६ मा अर्को इस्लामिक समूह बोको हरामबाट टुक्रिएको पश्चिम अफ्रिकी इस्लामिक स्टेट्स समूहले पनि स्थानीयवासीमाथि निरन्तर आक्रमण गर्ने गरेको छ । यही समूहले विगत २ वर्षदेखि नाइजेरियाली सेनामाथि पनि आक्रमण गरिरहेको छ । पछिल्ला केही महिनादेखि यस समूहले आम नागरिकमाथि सांघातिक आक्रमण गर्न थालेको छ ।