२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

माडीमा रेबिजको सङ्क्रमण बढ्दो



सांकेतिक तस्बिर
अ+ अ-

चितवन। यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ ।

नगरपालिकाका पशु विकास अधिकृत डा रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उहाँले भन्नुभयो, “माडी नगरपालिका सधँै रेबिजको जोखिममा छ ।”

रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उहाँले बताउनुभयो । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ ।

रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका कुकुरलाई समातेर खोप लगाउनै सकिँदैन ।” रेबिजको सङ्क्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको छ ।

चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “रेबिज नियन्त्रणका लागि कुकुर र स्याल दुवै नियन्त्रण गर्नुपर्ने मुख्य चुनौती छ ।” हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरेको छ । रासस