२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर



अ+ अ-

जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन्। कार मन्त्रीका छोराले चलाएको पुष्टि भएपनि उक्त कार अझै प्रहरी नियन्त्रणमा पुगेको छैन, जसले घटनाप्रति प्रश्न उठाएको छ।

मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीका छोरा सुमित शर्माले चलाएको बा.१५च.५२३३ नम्बरको कारले प्रदेश २–००–००२ प ८८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक श्याम शर्मा गम्भीर घाइते भएका थिए।

घटनापछि श्याम शर्मालाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो तर अवस्था गम्भीर भएकाले काठमाडौंस्थित बीएण्डबी अस्पतालमा रेफर गरिएको हो। हाल उनी त्यहीँ उपचाररत छन्।

दुर्घटनामा संलग्न सुमित शर्मा पनि सामान्य घाइते भएका थिए र उनलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

तर सबैभन्दा चासोको विषय कारको अवस्थाबारे हो। ठक्कर दिने कार हालसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन। कार कहाँ छ भन्ने प्रश्नमा महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र खड्काले जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

घटनालाई लिएर स्थानीयहरूमा व्यापक असन्तोष छ। उनीहरूले राजनीतिक पहुँचका कारण प्रमाण लुकाउने प्रयास भएको भन्दै प्रहरीको निष्क्रियता र पक्षपातप्रति गम्भीर आपत्ति जनाएका छन्। कार गायब हुनु र अनुसन्धानमा ढिलाइ हुनुले निष्पक्ष न्यायको सवालमा गम्भीर आशंका पैदा गराएको छ।