२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडेर एकको मृत्यु



अ+ अ-

बाजुरा। जिल्लाको गौमूल गाउँपालिकामा आज भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार आज बिहान घरबाट घाँस काट्न गएका बेला भिरबाट लडेर घटनास्थलमै बोहराको मृत्यु भएको हो । घर नजिकै रहेको बागेडोरा भन्ने जङ्गलमा घाँस काट्न गएका बोहरा लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा फेला परेको बताउनुभयो ।

बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुनसक्ने स्थानीयको भनाइ छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली घटनास्थलमा गइसकेको प्रहरी नायब उपरीक्षक हवारीको भनाइ रहेको छ । घटनास्थल पुग्न अझै तीन घण्टा लाग्ने प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो ।