२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट सुनचाँदी चोरी गरेर नेपाल आएका कालिकोटका ६ जना होटलबाट पक्राउ



अ+ अ-

सुर्खेत। भारतबाट गरगहना र नगद लुटपाट गरी नेपाल प्रवेश गरेका कालिकोटका ६ जनालाई इलाका प्रहरी कार्यालय, कोहलपुरले पक्राउ गरेको छ।

उनीहरूले हालै दिल्लीको कश्मीरी गेट क्षेत्रबाट करिब १५ तोला सुन र आठ लाख नेपाली रुपैयाँबराबरको सम्पत्ति लुटपाट गरेको खुल्न आएको छ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूले कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले कोहलपुर नगरपालिका–११ मा रहेको होटल न्यू कालिकोट को कोठा भाडामा लिएर बास गरिरहेका थिए।

पक्राउ पर्नेमा रास्काेट नगरपालिका-१ का ४२ वर्षीय मनबहादुर शाही, साेही ठाउँका ४२ वर्षीय तेजबहादुर शाही, सान्नीत्रिवेणि गाउँपालिका-८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेमबहादुर खत्री, ३८ वर्षीय अनिता खत्री र नरहरीनाथ गाउँपालिका-९ का २८ वर्षीय सरिता शाही छन् ।

उनीहरू बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको होटल न्यू कालिकोट को एक कोठामा बसोबास गरिरहेका थिए। शंकास्पद गतिविधि देखिएपछि इलाका प्रहरी कार्यालय, कोहलपुर बाँकेको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी प्रमुख लक्ष्मी खनालका अनुसार, पक्राउ परेका सबैलाई प्रारम्भिक अनुसन्धानपछि चोरीमा संलग्न ठहर गरिएको छ। उनीहरूको म्याद थप गरेर थप अनुसन्धान जारी राखिएको छ।

चोरी ल्याइएको सुनचाँदी र नगद के गर्ने भन्ने विषयमा प्रहरीले चाँडै निर्णय लिने बताएको छ। अनुसन्धानको निष्कर्षपछि लुटपाटको प्रकृति, संलग्नता र थप विवरणहरू सार्वजनिक गरिने जनाइएको छ।