२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

(अपडेट): रुपन्देहीमा एक युवकले गरे आफ्नै ५ जना साथीको हत्या



अ+ अ-

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय भैँसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए ।

मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनका अनुसार अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दै छ ।

किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए । कान्तिपुर दैनिक