२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथामका लागि स्वयंसेवक युवा परिचालन



अ+ अ-

सिञ्जा । कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् । कोरोना संक्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्यारेनटाइनसम्म लैजानका युवा परिचालन भएका हुन् । बाहिरबाट को नागरिक आए, उनीहरु कहाँबाट आएका हुन् र क्वारेन्टाइनमा बस्ने नबस्ने के गरिरहेका छन् भन्ने निगरानी गर्नका लागि पनि युवा दर्ता परिचालन गरिएको चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावलले बताए । उनले भने, ‘लकडाउनको समयमा पनि जथाभावी मानिस भेला हुने, पसल खोल्ने गरेकाले जनसेवा युवा क्लबका युवा परिचालन गरिएको हो । बाहिरबाट आएका मानिस सोझै आफ्नो घर जाने गर्ने गरेकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका त्यसैगरी चन्दननाथ नगरपालिका–२ ले पनि स्वयंसेवक परिचालन गरेको छ । आफ्नो वडाको सीमा क्षेत्रका विभिन्न नाकामा स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिए । वडाको दक्षिणको कालेखोली, पूर्व धाइफाला र उत्तरको भण्डारीबाडालगायत नाकामा स्वयंसेवक परिचालन गरी कडाइ गरिएको हो ।

प्रत्येक नाकामा दुईरदुई स्वयंसेवक परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गर्ने भएको वडाध्यक्ष धनरासी भण्डारीको भनाइ छ । सीमाबाट अत्यावश्यक काममा मात्र आउजाउ गर्न दिइनेछ । अत्यावश्यक काम परे वडा कार्यालयमा जानकारी गराउनुपर्ने वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिनुपर्ने पनि व्यवस्था गरिएको छ । नगरभित्रका अन्य वडाका नागरिक पनि आउन नपाइने र अन्य वडामा पनि जान रोक लगाइएको छ । हिमा गाउँपालिका–३ का स्थानीय युवाले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन् । १९ वैशाखदेखि स्थानीयवासीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै उनीहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएका हुन् । युवाले जोगीवाडा गाउँका सर्वसाधरणलाई अन्य गाउँमा जान नदिने र अन्य गाउँकालाई पनि प्रवेश निषेध गरेका छन् । गाउँघरमा लकडाउनको पूर्ण पालन नगर्ने र आवतजावत धेरै भइरहने भएकाले आफ्नो गाउँलाई संक्रमणबाट जोगाउने भन्दै उनीहरुले चार नाका बन्द गरेका छन् ।

वडाको दक्षिणको साँघु, उत्तरको ताल्छे, पूर्वको तलम र पश्चिमको बोयलढुङ्गाका नाका बन्द गरेको स्थानीय युवा सत्यानारायण योगीले जानकारी दिए । विपद्बतमा आफू र गाउँवासीलाई बचाउन वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । प्रवेश गर्ने नाकामा मान्छे राखेको छ । कोही प्रवेश गरेको खण्डमा त्यो व्यक्तिले १५ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको योगीले बताए । ती व्यक्तिले क्वारेन्टाइनमा बस्दाको खाना खर्च स्वयंले व्यवस्थापन गर्नुपर्ने भनिएको छ । गाउँतिर कामको सिजन सुरु भएकाले पनि विभिन्न बहानामा एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नेको संख्या बढेको भन्दै यस्तो कार्य गरेको त्यहाँका स्थानीयवासीको भनाइ छ । सौर्य दैनिक