२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहार गरेको आरोपमा सुर्खेतबाट एक पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एक होटल कर्मचारीमाथि खुकुरीसहित आक्रमण गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति वीरेन्द्रनगर–१ निवासी विनोद गिरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका गिरीलाई सोमबार सार्वजनिक गरिएको छ।

गिरीले शनिबार राति वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालिमा कार्यरत एक कर्मचारीमाथि खुकुरी र मुक्का प्रहार गरेका थिए। आक्रमणका कारण कर्मचारी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनाबारे पुष्टि गरेका छन्।

गिरीको विगत पनि आपराधिक गतिविधिले भरिएको देखिन्छ। प्रहरीका अनुसार, उनीमाथि २०७० मंसिरमा डाँका तथा लुटपाट, २०७० चैतमा ज्यान मार्ने उद्योग, र २०७१ मा सार्वजनिक अपराधलगायतका मुद्दा दर्ता भएका थिए।

त्यसैगरी २०७८ सालमा धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा समेत उनीमाथि मुद्दा दायर गरिएको थियो। पछिल्लो पटक २०८० जेठमा पनि उनीमाथि पुनः ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो।

सम्बन्धित तथ्यहरूका आधारमा, गिरीलाई निगरानीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।